२०८२, २५ असार बुधबार

नक्कली सुन बिक्री गर्ने तीन पक्राउ

नक्कली सुन बिक्री गर्ने तीन पक्राउ


भक्तपुर, २० कात्तिक: एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोशी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सुनको बिस्कुट जस्तै देखिने एक किलोग्राम लेखेको एक ढिक्का पहेँलो वस्तु लिएर सुन भन्दै बिक्री गर्न ग्राहकको खोजी गर्दै हिँडेका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई नै महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : ०९ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज