२०८२, ९ भाद्र मंगलबार

धरहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

धरहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता


काठमाडौँ, १८ कात्तिक : धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आज आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले धरहरा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । टेलिकमका प्रबन्धक झवीन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा निर्माणमा सहयोग गर्ने बताउनुभयो । सञ्चयकोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनःनिर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न तयार रहेको बताउनुभयो ।

प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा निर्माणको कामलाई अघि बढाइने बताउनुभयो । कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सहसचिव राजुमान मानन्धर, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल, विद्युत् प्राधिकरणका थिरकुमार खत्री, खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराई, महानगरीय ट्राफिक वृत्तका रामकुमार खनाल, नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका निर्देशक अनुज दाहाल, हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी, धरहराको ठेक्का पाएको कम्पनी जिआइइटिसीका प्रतिनिधि रमन महतो, वडा नं २२ का वडाध्यक्ष महर्जनलगायतले धरहरा पुनःनिर्माणमा सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : २९ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको