२०८३, ३२ असार शुक्रबार

गोदावरी फूलको मेलामा लक्ष्यभन्दा बढी कारोवार

गोदावरी फूलको मेलामा लक्ष्यभन्दा बढी कारोवार


काठमाडौँ, १८ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा रु १८ लाखले बढी कारोवार भएको छ । गत बिहीबारदेखि शुरु भएको मेला आज सकिएको हो । मेलामा रु ४५ लाख कारोवार हुने लक्ष्य लिएको भए पनि रु ६३ लाखको कारोवार भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले जानकारी दिनुभयो । मेलाको ४३ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए ।

एशोसिएशनका अध्यक्ष (श्रेष्ठ) का अनुसार प्रदर्शनीमा ४५० भन्दा बढी जात फूलका ४८ वटा कक्ष राखिएको थियो । तिहारलाई लक्षित गरी मेलामा गोदावरीका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कटफ्लावर विधालाई समावेश गरिएको थियो । मेलामा मौसमी फूलभन्दा सदाबहार फुल्ने र सबै समयमा प्रयोग हुने सजावटका फूल बढी बिक्री भएको पनि श्रेष्ठले बताउनुभयो । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने नाराको साथ शुरु भएको मेलामा काठमाडौँ उपत्यकाको तीनवटै जिल्लाबाट विभिन्न प्रकारका फूल उत्पादन गर्ने नर्सरीबाट फूल प्रदर्शनीमा राखिएको थियो ।

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा सञ्चालन गरिएको मेलामा तिहारमा प्रयोग हुने गोदावरी र सधँैभरि प्रचलनमा ल्याउन सकिने सजावटका फूल राखिएको थियो । पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न यस्ता किसिमका मेलाले टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

विसं २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷७५ सम्म आइपुग्दा ४३ जिल्लाको लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । बढ्दै गएको शहरीकरणसँगै अहिले यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा यस व्यवसायबाट लाभ लिएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरुपमा विदेशबाट आयात गरिँदै आएको छ । मखमली र गोदावरी फूलमा भने नेपाल नै पूर्णरुपमा आत्मनिर्भर भइसकेको छ ।

व्यावसायिकरुपमा ५०० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत जिल्लामा यसको खेती हँुदै आएको छ । गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : ३५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित