२०८२, १४ माघ बुधबार

प्रदेश ३ को परिणाम ल्याउन लागिपरेका छौं : मुख्यमन्त्री पौडेल

प्रदेश ३ को परिणाम ल्याउन लागिपरेका छौं : मुख्यमन्त्री पौडेल


काठमाडौँ, १७ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार प्रचारप्रसारभन्दा परिणाम ल्याउने गरी काम गर्न लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णेश्वर नगर कार्यपालिका संसदीय दलले आज जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले छ महिने प्रदेश सरकारका कामलाई २५० वर्षको सङ्घीय सरकारसँग तुलना गरिनु नहुने बताउनुभयो ।

“सङ्घीय सरकारसँग २५० वर्षको, स्थानीय सरकारसँग ७० वर्षको अनुभव छ, यी दुई सरकारको कामसँग छ महिने प्रदेश सरकारको तुलना गरिनुहुन्न”, उहाँले भन्नुभयो । प्रदेश सरकार नरम देखिए पनि गलत काम गर्नेलाई नछोड्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्ण राईले नीतिगत सुधारका काममा प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले ३ नं प्रदेश सरकार वातावरण मैत्री विकास निर्माणका काम गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा गोकर्णेश्वर नगर संसदीय दलका नेता श्रीकुमार श्रेष्ठ, नेकपा नेता विश्वनाथ प्याकुरेललगायतले प्रदेश सरकारले दिगो विकासका काम गराउन लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ०८ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार