२०८३, २ असार बुधबार

प्रदेश ३ को परिणाम ल्याउन लागिपरेका छौं : मुख्यमन्त्री पौडेल

प्रदेश ३ को परिणाम ल्याउन लागिपरेका छौं : मुख्यमन्त्री पौडेल


काठमाडौँ, १७ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार प्रचारप्रसारभन्दा परिणाम ल्याउने गरी काम गर्न लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णेश्वर नगर कार्यपालिका संसदीय दलले आज जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले छ महिने प्रदेश सरकारका कामलाई २५० वर्षको सङ्घीय सरकारसँग तुलना गरिनु नहुने बताउनुभयो ।

“सङ्घीय सरकारसँग २५० वर्षको, स्थानीय सरकारसँग ७० वर्षको अनुभव छ, यी दुई सरकारको कामसँग छ महिने प्रदेश सरकारको तुलना गरिनुहुन्न”, उहाँले भन्नुभयो । प्रदेश सरकार नरम देखिए पनि गलत काम गर्नेलाई नछोड्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्ण राईले नीतिगत सुधारका काममा प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले ३ नं प्रदेश सरकार वातावरण मैत्री विकास निर्माणका काम गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा गोकर्णेश्वर नगर संसदीय दलका नेता श्रीकुमार श्रेष्ठ, नेकपा नेता विश्वनाथ प्याकुरेललगायतले प्रदेश सरकारले दिगो विकासका काम गराउन लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ०८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई