२०८२, ८ फाल्गुन शुक्रबार

चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिन्छ : मन्त्री पोखरेल

चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिन्छ : मन्त्री पोखरेल


बर्दिवास, १७ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताउनुभएको छ ।

महोत्तरी निर्वाचन क्षेत्र नं. १ स्थित विभिन्न ठाउँका विकास निर्माण कार्यको संयुक्तरुपमा अनुगमन निरीक्षण गरेपछि आज भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित समारोहमा उहाँहरुले भन्नुभयो, “चार वर्षभित्रमा मुलुकका सबै बस्ती कुनै न कुनै सडक सञ्जालले छोइसक्ने छ ।” सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले अबको दुई वर्षभित्रै महोत्तरी बर्दिवासदेखि जनकपुर हुँदै जयनगरसम्मको ब्रोडगेज रेल सेवा सञ्चालन भइसक्ने बताउनुभयो ।

“धनुषाको कुर्थादेखि जयनगरसम्मको रेल सेवा त यही आउने मङ्सिरभित्रै सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “कुर्थादेखि भङ्गाहाको बिजलपुरासम्म पाँच महीनाभित्र र भङ्गाहाबाट बर्दिवाससम्म विसं २०७७ को मङ्सिर भित्रै रेल सेवा सञ्चालन भइसक्ने छ ।” यद्यपि भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले काम गतिमा बढाउन समस्या भएको मन्त्री महासेठको भनाइ छ ।

उहाँले मुआब्जाबारे तत्काल सिफारिश गरी पठाउन प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा मूल्याङ्कन समिति र स्थानीय तहका प्रमुखलाई निर्देशन दिएको बताउँदै बर्दिवास जलेश्वर सडकको स्तरोन्नति र लालगढ–भङ्गाहा–पडरीया (भङ्गाहा–८) सडकलाई कृषि सडकका रुपमा विकास गरी कालोपत्र गरिने काम तत्काल शुरु गरिने जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले मुलुकको समृद्धि अभियानलाई केन्द्रमा राखेर सरकार अघि बढेको चर्चागर्दै अब मुलुकमा माध्यमिक तहको शिक्षालाई सीपमुखी बनाउन यसै शैक्षिकसत्रदेखि नयाँ पाठ्यक्रम बनाइएको बताउनुभयो ।

“तपाइँहरु पनि आफ्ना ठाउँका माध्यमिक विद्यालयमा कुन विषयको व्यावसायिक शिक्षाको पठनपाठन गराउने हो, सल्लाहमा जुट्नुहोस्”, उहाँले भन्नुभयो, “अब परम्परागत शिक्षाले समृद्धि अभियान अघि बढ्न सक्दैन ।” यस्ता व्यावसायिक विषयमध्ये बाली विज्ञान, पशु विज्ञान, आयुर्वेद, योग, इञ्जीनियरिङ, प्राकृतिक चिकित्सा र कम्प्युटर विज्ञानजस्ता विषय हुने मन्त्री पोखरेलको भनाइछ ।

यसैगरी आज बिहानै मन्त्री महासेठ र मन्त्री पोखरेलले बर्दिवास–३ गौरीडाँडामा बर्दिवास नगरका बासिन्दासँगको रेल्वे जग्गाको मुआब्जा निर्धारणबारेको छलफल गर्नुभएको थियो ।. सो अवसरमा मन्त्री महासेठले रेल्वेका लागि जग्गाको मुआब्जाको विषय जग्गा बेच्न ग्राहकसँग मोलमोलाइ गर्ने तरिकाले नभई मेरो ठाउँमा राष्ट्रिय गौरवको महत्वपूर्ण काम हुँदैछ र म त्यसमा सहभागी हुँदैछु भन्ने सोचले गर्नुपर्ने जग्गा धनीसँग आग्रह गर्नुभयो ।

बर्दिवास–जयनगर रेल्वेको ६९ किमी दूरीमध्ये भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी दूरीभित्र पर्ने रेलका लागि रोक्का गरी सकिएको १५७ बिगाहा जग्गाको मुआब्जा निर्धारण हुन बाँकी छ । दुवै मन्त्रीले आज बर्दिवास–जयनगर रेल्वेको प्रस्तावित स्टेसन क्षेत्र, लिक क्षेत्र र यहाँका सडकको स्थलगतरुपमा संयुक्त अनुगमन तथा निरीक्षणसमेत गर्नुभएको थियो । अनुगमन निरीक्षणका क्रममा रेल्वे विभागका महानिर्देशक बलराम मिश्रसहितका अधिकारीको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : १३ बजे

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत

बनेपा । एमालेका केन्द्रीय तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार