२०८२, १७ कार्तिक आईतबार

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार


काठमाडौँ, १७ कात्तिक : सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ । तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरु तयार रहेको निजी क्षेत्रको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले सरकारले वातावरण बनाइदिए आफूहरु आगामी ६ महिनाभित्रै चार्जिङ स्टेशन जडान गरी सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले रासससँग कुरा गर्दै विद्युतीय सवारी साधनप्रति आम नागरिकको चासो बढ्दै गएको सन्दर्भमा सरकारले नीतिगत व्यवस्था र लगानी फिर्ता हुने वातावरण बनाइदिए आफूहरु स्टेशन निर्माणका लागि तयार रहेको बताउनुभयो । “लगानीका लागि हामी तयार छौं, रातको समयमा खेर जाने विद्युत्को समेत सदुपयोग हुने भएकाले स्टेशन अत्यावश्यक जस्तै भइसकेको छ” अध्यक्ष गुरागार्इँले भन्नुभयो ।

सरकारले विद्युतीय सवारी साधनलाई बढावा दिने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रले पनि साथ दिने उहाँको भनाइ छ । स्टेशनका लागि प्रसारण लाइन, सबस्टेशन तथा अन्य भौतिक पूर्वाधारको व्यवस्था गर्नसमेत इपान तयार रहेको अध्यक्ष गुरागाईँको भनाइ छ । साझा यातायातले केही समय पहिले दुई वटा विद्युतीय बस ल्याइसकेको छ । थप तीन बस आउने क्रममा रहेका छन् । माथिल्लो तामाकोशी र चिलिमेलगायतका आयोजना आगामी वर्ष निर्माण सम्पन्न हुने भएकाले रातको समयमा विद्युत् उपयोगका लागि वैकल्पिक उपायको खोजी शुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पनि प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । तर सवारी साधन चार्ज गर्दा लाग्ने शुल्क, सञ्चालनको ढाँचालगायतका विषयमा हालसम्म नीतिगत व्यवस्था हुन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार्जिङ स्टेशन निर्माणका लागि नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ । राजमार्गमा कम्तीमा पनि ३०÷३० किलोमिटरको दूरीमा त्यस्ता स्टेशन आवश्यक पर्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । राजधानी काठमाडौँमा विद्युतीय सवारी साधन सञ्चालन गर्न कम्तीमा पनि ५० स्टेशन जरुरी पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा केन्द्रीय कार्यालय रत्नपार्क र एनईए इन्जिनियरिङ कम्पनी थापाथालीमा चार्जिङ स्टेशन निर्माण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजार प्रवद्र्धनका लागि स्टेशन निर्माण गर्न लागिएको बताउँदै आउनुभएको छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ६ : २६ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या