२०८१, २ फाल्गुन शुक्रबार

पिपिएल क्रिकेटमा काठमाडौँ र धनगढी विजयी

पिपिएल क्रिकेटमा काठमाडौँ र धनगढी विजयी


कास्की, १६ कात्तिक: पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हुलास काठमाडौँ रोयल्स र एक्पर्ट धनगढी ब्लुज विजयी भएका छन् । बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको काठमाडौँ छ अङ्कसहित अङ्क तालीकाको शीर्षस्थानमा पुग्न सफल भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले अविजित नरेश बुढाएरको अर्धशतकीय योगदानको मद्दतले २० ओभरमा चार विकेट गुमाउँदै १७२ रनको योगफल तयार ग¥यो । २८ बल सामना गरेका बुढायरले पाँच छक्का र तीन चौका प्रहार गर्दै ५८ रन बनाएका थिए ।

यसअघि लगातार दुई हार भोगेको बुटवलको जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो । बुटवलका रोहन मुस्तफाले पाँच चौका र चार छक्का सहित ६१ रन वनाएपनि टिमलाई जिताउन सकेनन् ।

आजको पहिलो खेलमा एक्पर्ट धनगढीले घरेलु टोली पोखरा पल्टनलाई दुई विकेटले पराजित गरी जारी प्रतियोगितामा छ अङ्क जोड्न सफल भयो । टस जितेपछि ब्याटिङ रोजेको पोखरा पल्टनले २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रनको योगफल तयार गरी धनगढी ब्लुजलाई १४५ रनको लक्ष्य दिएको थियो । पोखराको लक्ष्य बुटवलले आठ विकेट गुमाउँदै निर्धारित ओभरमा एक बल छँदै भट्टाएको थियो ।

तीन ओभरमा सन्दीप झोरा, सौरभ खनाल र मन्जित श्रेष्ठलाई पाँच रनमै गुमाउँदै धराशायी अवस्थामा पुगेको धनगढी ब्लुजलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी सम्हाल्दै नटआउट २६ बलमा चार चौका र चार छक्काको मद्दतले ४९ रन जोडेर जिततर्फ अग्रसर गराए । खेलमा ब्लुजका कमलसिंह ऐरीले चार विकेट लिएका थिए ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ५० बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले