२०८३, ११ श्रावण मंगलबार

लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार

लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार


लण्डन, बेलायत, १६ कात्तिक :बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ ।

प्रहरीलाई स्थानीय समय अनुसार विहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ । बेलायती सञ्चारमाध्यमले घटना सोनी म्युजिक कम्पनीको भवनमा भएको बताएका छन् ।

उक्तस्थानमा थप दुर्घटना हुन नदिन सावधानीस्वरूप घटनास्थललाई घेरा हाली विस्तारै खाली गरिएको छ प्रहरीले जनाएको छ । घटनास्थलमा आकस्मिक सेवा प्रदान गर्न चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रहरीले बताएको छ । घटनास्थल हाई स्ट्रीट केन्सिङटन व्यवसायिक क्षेत्रमा रहेका दैनिक पत्रिकाको कार्यालयहरूको सामुन्नेमा रहेको सोनी म्यूजिक कम्पनीको कार्यालयमा भएको हो ।

घटनास्थलमा छ जना भन्दा बढी समूहमा पटकपटक गरी सशस्त्र प्रहरी छिरेका र आक्रमणकारी भाग्ने आशङ्कामा मानिसहरूलाई भित्र छिर्न र बाहिर निस्कन नदिएको प्रत्यक्षदर्शी तथा द मेलका कर्मचारी ट्रीस एलिसले एएफपीलाई घटनाबारे बताउनुभयो । घटना भएको करिब एक घण्टापछि प्रहरीले दश पन्ध्र जनाको सङ्ख्यामा भित्र रहेका मानिसहरूलाई छोडेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : १९ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि