२०८२, २९ चैत्र सोमबार

मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन, स्थापित हटाउन मुख्यमन्त्ती लबिङमा

मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन, स्थापित हटाउन मुख्यमन्त्ती लबिङमा


काठमाडौँ, कात्तिक १६ : मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ ।आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं गएका छन् ।

बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए ।

बैठक सकिनै लाग्दा स्थापित एक्कासि आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘बैठक सकिनै लागेको थियो, भौतिक मन्त्रालयको कुनै एजेन्डा पनि थिएन’, उनले भने, ‘मेरो एउटा कुरा छ भन्दै मन्त्री स्थापितले आफ्ना असन्तुष्टि राख्नुभयो, कुरा राख्दै जाँदा गालीगलौजमा समेत उत्रिएपछि बैठकको माहोल बिग्रियो ।’ ‘मन्त्री स्थापितले संसदीय र मन्त्रीको पनि मर्यादा राख्न सक्नुभएन’, एक मन्त्रीले भने, ‘यो अवस्था हेर्दा दुवै जना एकै क्याबिनेटमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४