२०८२, १८ असार बुधबार

मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन, स्थापित हटाउन मुख्यमन्त्ती लबिङमा

मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन, स्थापित हटाउन मुख्यमन्त्ती लबिङमा


काठमाडौँ, कात्तिक १६ : मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ ।आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं गएका छन् ।

बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए ।

बैठक सकिनै लाग्दा स्थापित एक्कासि आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘बैठक सकिनै लागेको थियो, भौतिक मन्त्रालयको कुनै एजेन्डा पनि थिएन’, उनले भने, ‘मेरो एउटा कुरा छ भन्दै मन्त्री स्थापितले आफ्ना असन्तुष्टि राख्नुभयो, कुरा राख्दै जाँदा गालीगलौजमा समेत उत्रिएपछि बैठकको माहोल बिग्रियो ।’ ‘मन्त्री स्थापितले संसदीय र मन्त्रीको पनि मर्यादा राख्न सक्नुभएन’, एक मन्त्रीले भने, ‘यो अवस्था हेर्दा दुवै जना एकै क्याबिनेटमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४० बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर