२०८१, १ फाल्गुन बिहीबार

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन


कास्की, १५ कात्तिक : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउनुपर्छ भन्नुभयो । नेता नेपालले काममा ढिलाइ गर्ने र समय गुजार्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रदेश सरकारले नजिकबाट हेरिरहेको र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले नेता नेपालको टोलीलाई समग्र आयोजनाको प्रगति विवरण जानकारी गराउनुभएको थियो । नेता नेपालले आजै फेवातालकोसमेत निरीक्षण गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : १८ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले