२०८३, ७ भाद्र सोमबार

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन


कास्की, १५ कात्तिक : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउनुपर्छ भन्नुभयो । नेता नेपालले काममा ढिलाइ गर्ने र समय गुजार्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रदेश सरकारले नजिकबाट हेरिरहेको र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले नेता नेपालको टोलीलाई समग्र आयोजनाको प्रगति विवरण जानकारी गराउनुभएको थियो । नेता नेपालले आजै फेवातालकोसमेत निरीक्षण गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : १८ बजे

राप्रपाको कडा एक्सन : बाग्मतीका तीन मन्त्रीलाई पदमुक्त गर्न लिङदेनको पत्र

काठमाडौं । पार्टीको निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेश सरकारमा सहभागी

गगनले भेट्न खोजे देउवा, तर अझै खुलेन संवादको ढोका

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको विवाद मिलाउन सभापति गगन थापाले

मन्त्री छान्नै नसक्दा कर्णालीमा सत्ता विस्तार रोकियो, मुख्यमन्त्रीमाथि आफ्नै दलको दबाब

सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको तयारी अन्तिम घडीमा आएर

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको