२०८३, २४ आश्विन आईतबार

भक्तपुरमा नवदुर्गाको तान्त्रिक नृत्य शुरु

भक्तपुरमा नवदुर्गाको तान्त्रिक नृत्य शुरु


भादगाउँ, २ कात्तिक तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले जानकारी दिनुभयो ।

देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पूजारी आचाजुले देवगण हुने सम्बद्ध वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु ९घँुघँुरु हस्तान्तरण० गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु भएको मानिन्छ ।

देवगणमा सम्बद्ध वनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पूजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा र काय“ बाजा तथा घ“घलाहरु नास द्यः अघितिर राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पूजारी कर्माचार्यले बताउनुभयो ।

वनमालाहरुले नृत्य सिद्धिप्राप्तिपछि नास द्यःलाई भेडा बलि दिइन्छ । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरुले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ६ : २८ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री