२०८२, ९ पुस बुधबार

घरमै बसेर डण्डीफोर हटाउने यी हुन् साधारण उपाय

घरमै बसेर डण्डीफोर हटाउने यी हुन् साधारण उपाय


युवा युवतीहरूमा डण्डीफोर अर्थात पिम्पलको समस्या देखिने गरेको हुन्छ । प्रायजसो नाक, चिउँडो, निधार र गालामा पिम्पलको समस्या हुने गर्छन् । पिम्पललाई हटाउनको लागि मानिसहरू विभिन्न किसिमका रसायनयुक्त सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्छन् । यस्ता सामग्रीको प्रयोगले छालामा नराम्रो असर पनि पुग्न सक्ने हुन्छ । त्यसैले यस समस्याको लागि तपाईले प्राकृतिक विधिको प्रयोग गर्नु नै राम्रो हुन्छ ।

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ । आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने ।

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि दिन्छ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ । यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् । जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ । दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ । पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने ।

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । कागतीको रस सिधै अनुहारमा लगाउँदा यसले पोल्छ । यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ ।चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ । बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने । डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने । कागती केही थोपामात्रै राख्ने । धेरै राख्न यसले पोल्न सक्छ । यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ । सुखेपछि चिसो पानीले अनुहार धुने ।

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने । सीधै हातले पुछदा डन्डीफोरको समस्या झन् बढ्न सक्छ । गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन् । गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन् । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । आधा घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ३९ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ