२०८२, ४ कार्तिक सोमबार

तपाईलाई थाहा छ आलुको बोक्राको यी फाइदा ?

तपाईलाई थाहा छ आलुको बोक्राको यी फाइदा ?


प्राय:को भान्सामा आलु पाक्छ । केही मानिसहरुले आलुको बोक्रा फाल्छन् भने केहीले फाल्दैनन् । आलुको बोक्रा फाल्दा प्राकृतिक स्वादमा समेत कमी आउने गर्छ । तर, आज हामी तपाईलाई प्राय:ले फाल्ने आलुको बोक्राको फाइदाबारे जानकारी दिनेछौं ।

आलुको बोक्रामा हाम्रो शरीरलाई चाहिने भिटामिन तथा खनिज हुन्छन् । त्यसैले सकेसम्म आलुलाई बोक्रा नफाली पकाउँदा राम्रो हुन्छ । आलुको बोक्राले शारीरिक सौन्दर्यलाई पनि सहयोग गर्छ । आलुमा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।

आलुको बोक्राले कपाल झर्ने समस्या टाढा राख्न मदत गर्छ । तपाईले आलुको बोक्रालाई कपालमा लगाउनुभयो भने कपाल चाँडै बढ्छ र झर्दैन । आलुको बोक्राले तपाईले चाँदी तथा आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन प्रयोग गर्न सक्नुहुन्छ । अझ यसले पुजा सामग्रीको भाँडालाई एक प्रकारको चमक दिन्छ । आलुको बोक्रामा हलुका खाले एसिड हुने भएकाले भाँडामा भएको दागलाई हटाउन सहयोग गर्छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : २२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,