२०८२, १६ मंसिर मंगलबार

साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्


काठमाडौँ, १९ असोज : विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिनुभयो ।

शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उहाँका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

उहाँले सङ्कलन गरिएको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइएको बताउनुभयो । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउनेलाई केन्द्रको सिफारिशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

उपनिर्देशक बुढाप्रिथीले करीब चार हजार शिक्षकले आफ्नो सङ्केत नम्बर गलत भरेर बुझाएको जानकारी गराउनुभयो । उहाँका अनुसार आव २०७३÷०७४ मा ११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन् । मुलुकभरि करीब एक लाख सात हजार ८५३ स्थायी र अस्थायी शिक्षक रहेको किताबखानामा विवरण रहेको छ । गत वर्ष चार हजार ४३० शिक्षकले गलत सङ्केत नम्बर भरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : २० बजे

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज