२०८३, ७ कार्तिक शनिबार

काभ्रेलाई फ्लावर हब बनाउन पाँचखालका मेयर खरेलको आग्रह

काभ्रेलाई फ्लावर हब बनाउन पाँचखालका मेयर खरेलको आग्रह


धुलिखेल/ पाँचखाल नगरपालिकाका प्रमूख महेश खरेलले काभ्रे जिल्लालाई फ्लावर हबका रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

शुक्रबार धुलिखेलमा फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले काभ्रेलाई फ्लावर हब बनाउनु पर्नेमा जोड दिएका हुन् । ‘हामी राजधानी नजिकका नागरिक भनेर मात्रै हुदैँन, उनले भने ‘उचित ठाउँमा लगानी गर्यो भने फाइदा पनि राम्रो हुन्छ, त्यो भनेको पुष्प खेती हो ।’ तरकारीको भण्डार पाँचखालमा पनि फूल खेती ब्यवसायीक रुपमा अघि बढाउन उनले ब्यवसायीहरुलाई आग्रह गरे ।

पाँचखालमा फूल खेतीको सम्भाब्यता रहेको भन्दै समन्वय गर्न नगरपालिका तयार रहेको उनले उल्लेख गरे । ‘कस्तो हावापानी भएको जमिनमा कुन जातको फूल खेती लाग्छ, अध्ययन गरेर अघि बढौँ, उनले भने ‘त्यसका लागि नगरपालिका सहयोग गर्न तत्पर छ ।’

आफु पनि फूलको पारखी भएको भन्दै उनले राष्ट्रको समृद्धिमा पुष्प ब्यवसायीहरुको ठूलो योगदान रहेको बताए । ‘म मेरो परिवारलाई खुशी पार्न फूलकै प्रयोग गर्छु, उनले भने आयातित फूल भन्दा स्वदेशी फूल नै प्रयोग गर्न पाउँदा मन हर्षित हुन्छ ।’

कार्यक्रममा फ्लोरिकल्चर एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष कुमार कसजुले फूल खेती गर्ने कृषकहरुको समस्या स्थानीय सरकारले बुझेर काम गर्नुपर्ने बताए । ‘अहिले नजिकको राज्य भनेको स्थानीय तह हो, उनीहरुले फूल खेती गर्दै आएका कृषकहरुको समस्यालाई निकै नजिकबाट नियाल्नु पर्छ, उनले भने ‘अरु खेती गरे भन्दा फूल खेती फरक छ, नयाँ कृषकहरुलाई पनि आबद्ध गराउन स्थानीय सरकारको ठूलो हात छ ।’

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना