२०८२, ११ भाद्र बिहीबार

फ्लोरिकल्चर काभ्रेको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

फ्लोरिकल्चर काभ्रेको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित


धुलिखेल/ फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको अध्यक्षमा विरेन्द्र बहादुर श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार धुलिखेलमा भएको ७ औँ साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ विगत १७ वर्ष देखि पुष्प खेतीमा आबद्ध छन् ।

अधिवेशनबाट उपाध्यक्षमा भेष बहादुर दनुवार, सचिवमा शम्भु तामाङ र कोषाध्यक्षमा रुद्र बहादुर खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा किरण खरेल, जर्नादन गौतम र ठाकुर प्रसाद दाहाल चयन भएका छन् ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि श्रेष्ठले जिल्लामा पुष्प खेतीको विस्तार र विकासमा आफ्नो पुरै कार्यकाल लगाउने प्रतिबद्धता ब्यक्त गरे । ‘खेती योग्य जमिन खण्डिकरण भइरहेको छ उनले भने ‘यो विषयमा पनि जिल्लाका सबै स्थानीय निकायलाई सचेत गराउँदै सम्भावित ठाउँमा पुष्प खेतीको विकास र विस्तारमा ध्यान केन्द्रित गर्नेछु ।’

यसैबीच फ्लोरिकल्चर एशोसियसन नेपालले तेस्रो अधिवेशनका अवसर पारेर पत्रकार प्रकाश सुन्दासलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट पुष्प खेतीको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै पत्रकार सुन्दासलाई सम्मान गरिएको फ्लोरिकल्चर एशोसियसन नेपालका नवनिर्वाचित उपाध्यक्ष भेष बहादुर दनुवारले बताए । सुन्दास झण्डै एक दशक देखि काभ्रे जिल्लामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन् ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ५ : १६ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि