२०८२, २२ असार आईतबार

रात्रिकालीन हेलिप्याड सञ्चालनमा

रात्रिकालीन हेलिप्याड सञ्चालनमा


रसुवा, १८ असोज: नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज यहाँ उद्घाटन गरिएको छ । पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर बाहिनीका बाहिनीपति निर्मलकुमार थापाले उद्घाटन गर्नुभयो । हेलिप्याड बनाउन यहाँका पाँच वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशूली एक जलविद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका १ नम्बर वडा कार्यालय र सुन्दरादेवी साप्ताहिक पत्रिकाले सहयोग गरेको गणले जनाएको छ ।

दुई लाखभन्दा बढी नगद तथा श्रमदानमा उक्त हेलिप्याड निर्माण भएको हो । हेलिप्याडको चारैतिर २४ वटा बत्ती र तीन वटा ‘होरिजेन्टल’ बत्तीसमेत जडान गरिएकाले रात्रिकालीन अवरतण गर्न कुनै समस्या नआउने जनाइएको छ । अनुमति लिएर बिरामी उद्धारका लागि निजी हेलिकप्टरसमेत अवतरण गर्न सकिने गणले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ९ : १६ बजे

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर

दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो

हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड हेर्नुहोस् तस्वीर

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा

पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्ला

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय

हरिशयनी एकादशी, शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन होःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी