२०८२, १२ पुस शनिबार

४३औं चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

४३औं चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो


काठमाडौँ, १८ असोज: जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ । समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् ।

तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र«ाक कान्टीन्टीलाई पराजित गरे । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए ।

हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौँ चरणमा नेपालले बलियो टोली चिलीसँग प्रतिस्पर्धा गर्नेछ । वरियतामा ४९औँ स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल ११८औँ स्थानमा छ ।

यसैगरी महिलातर्फ नवौँ चरणको खेलमा नेपालले ट्रिनिडाड एन्ड टोवागोसँग ३–१ पराजित भएको छ । नेपालकी सिन्दीरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । सुशीला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौँ चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ९ : ०२ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको