काठमाडौं १८ असोज : प्रहरी र जिल्ला प्रशासनका कर्मचारीलाई मोटो रकमको सेटिङ मिलाएपछि खुलेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मोटरसाइकल चालक काभ्रे डराउने पोखरीका २५ वर्षिय रामकृष्ण श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
गत साउन १ देखि उपत्यकाका ललितपुर भक्तपुर र काठमाडौंमा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो ।
तर टिपर व्यवसायीले निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै दिउसो पनि टिपर चलाउन दिनुपर्ने माग राखी आन्दोलन घोषणा समेत गरेका थिए ।
टिपर व्यवसायी र काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले दुई घन्टालाई घटाएर साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको थियो ।
निर्णय अनुसार विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भएको थियो । टिपर खुलाउन मोटो रकमको सेटिङ भएको बुझिएको छ ।
तर, निर्णय भएको केही समय वित्न नपाउदै भक्तपुरमा टिपरको ठक्करले मोटरसाइ चालकको मृत्यु भएको हो ।
बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका हुन् ।
घटनापछि आक्रोशित स्थानीयले टिपरमाथि आगजनी समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ ।
प्रतिक्रिया