२०८२, १६ चैत्र मंगलबार

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’


काठमाडौं, असोज १७ : समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँला रु सोचनीय विषय बन्दै गएको छ ।

कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय, सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रूपमा सम्बन्ध विच्छेद अपनाइरहेका छन् । काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।

पेसीका अलावा आपसी मिलेमतोमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्नेको संख्यासमेत झनै डरलाग्दो छ । दिनमा दर्जनको संख्यामा सम्बन्ध विच्छेदका घटना काठमाडौं अदालतमा मात्र हुने गरेको अदालतले जनाएको छ । भदौमा भने सो संख्या केही घटे पनि असोजमा पुनः त्यो संख्यामा वृद्धि भएको पाइएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार भदौमा सयको हाराहारीमा पेसी चढेकोमा १४–१९ असोजको पेसीमै ६६ वटा सम्बन्ध विच्छेदका मुद्दा चढेका छन् ।

काठमाडौं जिल्लामा मात्र नभएर पछिल्लो समय देशैभर सम्बन्ध विच्छेदका घटना बढेको हो । कास्की जिल्ला अदालतमा यस साता २० वटा मुद्दाको पेसी सम्बन्ध विच्छेदका छन् । भक्तपुरमा १० वटा परेका छन् भने ललितपुरमा भने सातवटा छन् । यो खबर आजको राजधानी दैनिकले छापको छ ।

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ८ : ०७ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक