२०८२, १६ चैत्र मंगलबार

बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस


काठमाडौं, असोज १६:बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।

महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ।गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको थियो। त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए।

त्यसपछि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ। सरकारी वकीलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिव लगायत सदस्य छन्। समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।, यो खबर आजको नागरिकदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ७ : २० बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक