२०८३, ३० असार बुधबार

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति


काठमाडौँ, १४ कात्तिक : नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार बनेको बताएको छ । आजदेखि शुरु भएको सो पार्टीको १५औँ सङ्घीय परिषद्को बैठकमा संयोजक डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले समावेशिता, समानुपातिकता र सहभागितामार्फत लोकतन्त्रलाई अझ ठोस, जीवन्त र मूर्तरुपमा विकास गरी आर्थिक क्रान्तिमार्फत नेपालको समृद्धीकरणको युगलाई नेतृत्व गर्ने दाबी गरिएको छ ।

सत्ता राजनीतिको असफलता चौतर्फीरुपमा उजागर हुन थालेको औँल्याउँदै प्रतिवेदनमा नयाँ शक्ति पार्टी नेपालले रोजेको मार्ग ठीक छ भन्ने कुरा दिनप्रतिदिन पुष्टि हुँदै गएको उल्लेख गरिएको छ । प्रतिवेदनमा निर्णायक राजनीतिक शक्ति निर्माण गर्न ढिला हुँदा नेपालको अरु केही दशक समय यसरी नै खेर जाने र अझै नेपाल विश्व समुदायसामु गरीब, कमजोर, भ्रष्ट र कुशासित देशका रुपमा चित्रित भइरहने टिप्पणी गरिएको छ । बिहीबारसम्म चल्ने उक्त बैठकमा संयोजक डा भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिबारे ठोस छलफल हुने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । बैठकमा महाधिवेशन आयोजक समितिका १५० नेता कार्यकर्ताको सहभागी भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ५० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै