२०८२, २५ भाद्र बुधबार

चोरीका २४ मोटरसाईकल सार्वजनिक,अपराधिक गतिविधि रोक्न चितवनमा प्रहरी सक्रिय

चोरीका २४ मोटरसाईकल सार्वजनिक,अपराधिक गतिविधि रोक्न चितवनमा प्रहरी सक्रिय


चितवन, १४ कात्तिक :  पूर्वी चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाईकल प्रहरीले सार्वजनिक गरिएको छ ।

चोरीका कारण मोटरसाईकलहरु हराउने क्रम बढेपछि त्यस क्षेत्रमा प्रहरीले सक्रियता बढाएपछि ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटर साईकलहरु नियन्त्रणमा गरेका थिए ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँमा बुधबार पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि ज्ञवालीले विशेष चेकिङ्गको क्रममा र सुराकीका आधारमा तीन महिनाको अवधिमा २४ वटा मोटरसाईकल वरामद गरेको जानकारी दिए ।

“यहाँ म सहित यस कार्यालयमा सम्पूर्ण नयाँ टिम आएको थियो उनले भने यहाँ विविध अपराधिक क्रियाकलापसगैँ चोरी घटना वृद्धि भएको गुनासोको आधारमा विशेष प्रहरी अप्रेशन चलाउदा यस्तो भेटिएको हो ।”

जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका घटना नियन्त्रण गर्न टाडीँ प्रहरीको टिमले हासिल गरेको उपलब्धीको प्रसंसा समेत व्यक्त गरे ।

रत्ननगर टाडीँको क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजमार्गका विभिन्न स्थानमा चेकजाचँ गर्दा बजाज व्राण्डका पल्सर मोटरसाईकलहरु बढी चोरीका भेटिएको उनले बताए ।

कार्यालयले तीन महिनाको अवधीमा हासिल गरेको उपलब्धी समेत सार्वजनिक गरिएको थियो ।

प्रहरीले नेपाल मावि पछाडी वेवारिसे अवस्थामा १७ किलो चरेशसमेत वरामद गरेको छ । चोरीका विभिन्न घटनामा संकलनहरुलाई कानुनी दायरामा समेत ल्याईएको छ ।

ज्यान मार्ने उद्योग, जबरजस्ती करणीका घटनामा संलग्नलाई पक्राउ गरि कानुनी कार्वाही अगाडी बढाईएको प्रहरी निरीक्षक उमेशमान अमात्यले बताए ।

यस्तै बालयौन दुरुपयोगको घटनामा संलग्न, बालविवाह संलग्न, विभिन्न समयमा लागुऔषध कारोबार गर्ने व्यक्तिहरु समेत पक्राउ गरि कानुनी कार्वाही गरिएको कार्यालयले जनाएको छ । शिशिर सिंखडा                              

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : २२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा