२०८३, २६ आश्विन मंगलबार

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध


पेरिस, १३ कात्तिक: फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । सडकमा एक्कासी परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् ।

मङ्गलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् ।

जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरूद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपरान्ह्सम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ । फ्रान्सको मौसम विज्ञान विभाग, मेटेओ फ्रान्सले उत्तरी तथा पूर्वी क्षेत्रमा रहेका मुलुकका पाँच क्षेत्रलाई हिमबर्षाका कारण सामान्य खतराको सूचीमा राखी सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेका छन् । फ्रान्समा बुधबार विहानसम्म निकै चिसो रहने अनुमान गरिएको छ ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : ५९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल