२०८३, ३२ असार शुक्रबार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार


ओल्डेनवर्ग, जर्मनी, १३ असोज : जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् । अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजिवन काराबासको सजायँ पाएका एकचालीस बर्षीय पूर्व नर्स होएगेलले आफूले जानानान औषधीको अधिक मात्र बिरामीलाई दिएका बताएका छन् ।

बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफुले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन् । स्वास्थ्य कानूनले उक्त कार्यलाई अवैध मान्छ । उत्तरी शहर ओल्डेनबर्गमा सुनुवाईको पहिलो दिन न्यायाधीस सेवास्टियन बुहेरम्यानले के उनीमाथि लगाइएको आरोपहरू सही हुन् भन्ने जिज्ञासामा होएगेलले उक्त दावी सही भएको बताए । दर्जनौँ मैले जे भने त्यो भएको हो, उनले मृतकका दर्जनौँ शोकमग्न आफन्तहरूले भरिएको अदालतको कोठामा भने ।

सुनुवाई शुरू भएपछि बुहेरम्यानले भन्नुभयो, सुनुवाईको प्रमुख उद्देश्य भनेको अस्पताललाई हत्याविरोधी स्थान बनाउने रहेको बताउनुभयो । जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापरबाहीका कारण भएका दुःखद घटनामाथि छानविनरहित अवस्थामा छोड्नुको सट्टा कानूनी फैसला दिने उद्देश्यले सुनुवाई भएको उहाँले बताउनुभयो । हामीले सत्य पत्ता लगाउन सम्भवभएसम्म कोशिस गर्ने छौँ, उहाँले भन्नुभयो । यो प्रकाश नछिर्ने घरको अध्याँरो कोठाजस्तो थियो । अध्यारोमा उज्यालो भर्न हामीले चाहेका छौँ ।

पिडितहरूको एक मिनेट लामो निशब्दतापछि दारीवाल होएगेलले धैर्यसाथ सुन्दै आफ्नो टाउको झुकाएका थिए । जब सरकारी अभियापनकर्ता डानियला स्कीरेक बोहलम्यानले अस्पतालको लापर्बाहीका कारण मारिएका सबैको नाम पढेर सुनाएका थिए । अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबगस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो ।

होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका १३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । हत्या दावी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमति बिना नै अस्पतालले मारेको दावी गरे । तपाई सरलक होम्स बन्नु हुँदैन पिडितलाई न्याय दिलाउन र यस किसिमका घटना हुनबाट रोक्न आवश्यक सबै कदम चाल्नुपर्छ मारबाकले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ५५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित