२०८२, २५ असार बुधबार

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी

डेढ वर्षअघि प्रेमविवाह, अहिले श्रीमानविरुद्ध बलात्कारको उजुरी


काठमाडौं, कार्तिक १३ : बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ ।

सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ०४ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार