२०८३, ७ आश्विन बिहीबार

पाँच म्युचअल फण्ड अनुमतिको प्रक्रियामा

पाँच म्युचअल फण्ड अनुमतिको प्रक्रियामा


काठमाडौँ, १० कात्तिक : शेयर बजार उतार चढावमा रहेका बेला विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ८५ करोड बराबरको म्युचअल फण्ड योजना अगाडि सारेका छन् । म्युचअल फण्ड बिक्रीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आइएमइ बैंकले ‘ग्लोबल आइएमइ म्युचअल फण्ड’ योजनाका लागि आवेदन दिएको छ । कूल १२ करोड इकाइ सो योजनामा बिक्री गरिनेछ ।

यस्तै सिटिजन म्युचअल फण्ड दोस्रो बिक्रीका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिइएको छ । कूल रु एक अर्ब बराबरको १० करोड इकाइ, एनएमबी बैंकको एनएमबी–५० को रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिएको छ । त्यस्तै एनआइसी एशिया बैंकको रु एक अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाइ र नविल बैंकको रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

त्यस्तै एनआइबिएल सहभागिता फण्डसमेत अनुमतिको प्रक्रियामा छ । सो योजनामा रु ५० करोड बराबरको पाँच करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिइएको छ । सबै योजना रु छ अर्ब ३५ करोड बराबरको ६३ करोड ५० लाख इकाइ रहने बोर्डले जनाएको छ । सामूहिक लगानीका लागि यस्ता फण्ड प्रभावकारी हुने गरेका छन् । धितोपत्र बजारमा पछिल्लो समयमा यस्ता सामूहिक लगानी कोषमार्फत लगानीसमेत बढ्दै गएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ६ : ३० बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा