२०८२, २९ पुस मंगलबार

पाँच म्युचअल फण्ड अनुमतिको प्रक्रियामा

पाँच म्युचअल फण्ड अनुमतिको प्रक्रियामा


काठमाडौँ, १० कात्तिक : शेयर बजार उतार चढावमा रहेका बेला विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ८५ करोड बराबरको म्युचअल फण्ड योजना अगाडि सारेका छन् । म्युचअल फण्ड बिक्रीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आइएमइ बैंकले ‘ग्लोबल आइएमइ म्युचअल फण्ड’ योजनाका लागि आवेदन दिएको छ । कूल १२ करोड इकाइ सो योजनामा बिक्री गरिनेछ ।

यस्तै सिटिजन म्युचअल फण्ड दोस्रो बिक्रीका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिइएको छ । कूल रु एक अर्ब बराबरको १० करोड इकाइ, एनएमबी बैंकको एनएमबी–५० को रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिएको छ । त्यस्तै एनआइसी एशिया बैंकको रु एक अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाइ र नविल बैंकको रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

त्यस्तै एनआइबिएल सहभागिता फण्डसमेत अनुमतिको प्रक्रियामा छ । सो योजनामा रु ५० करोड बराबरको पाँच करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिइएको छ । सबै योजना रु छ अर्ब ३५ करोड बराबरको ६३ करोड ५० लाख इकाइ रहने बोर्डले जनाएको छ । सामूहिक लगानीका लागि यस्ता फण्ड प्रभावकारी हुने गरेका छन् । धितोपत्र बजारमा पछिल्लो समयमा यस्ता सामूहिक लगानी कोषमार्फत लगानीसमेत बढ्दै गएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ६ : ३० बजे

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा