२०८२, २८ असार शनिबार

९० दिनमा एक हजार १७ चेक बाउन्सको उजुरी

९० दिनमा एक हजार १७ चेक बाउन्सको उजुरी


काठमाडौं , कात्तिक १०: काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् ।

छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७४१ ‘पेन्डिङ’मा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिउको छ ।

१६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ । ११३ उजुरी भने फिर्ता गरिएका छन् । पेन्डिङमा रहेका चेकमा उल्लेख गरिएको एक अर्ब १३ करोड ४१ लाख ४९ हजार १८८ रुपैयाँ रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरमा दैनिक १५-२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । उजुरीमा एउटै चेक पाँच करोड रुपैयाँसम्मका छन् । खासगरी जग्गा कारोबार तथा अनाधिकृत व्यवसायमा संलग्न व्यक्तिले यस्ता चेक काट्ने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : २२ बजे

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज