२०८२, ११ मंसिर बिहीबार

मादल बनाएर गुजारा चलाउदै रामप्रसाद

मादल बनाएर गुजारा चलाउदै रामप्रसाद


कावासोती, ९ कात्तिक नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ ।

मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षदेखि मादल बनाउँदै आउनुभएका उहाँको गुजार यही पेशाबाट चल्दै आएको छ । मादल बनाएर वार्षिकरुपमा नेपालीले रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “मादलको माग अत्यधिक छ,” उहाँले भन्नुभयो । चाडपर्वमा उहाँलाई मादल बनाउन भ्याइनभ्याई छ । अन्य समयमा भने काम कम मात्रमा आउने गरेको छ ।

“मादलका लागि प्रयोग हुने काठको अभाव छ,” नेपालीले भन्नुभयो । काठ गोर्खाबाट मगाउने गरेको उहाँको भनाइ छ । खिर्रो, मौवा, थमरी, सल्ला, साल, सिसौ र सिमलको काठबाट मादलको ढुङ्ग्रो बनाइन्छ । साल र सिसौभन्दा खिर्रो, मौवा, थमरी र सल्लाको काठ मादलका लागि राम्रो मानिन्न्छ । मादल बनाउन काठ, छाला र खरी आवश्यक पर्छ ।

सानो मादल रु एक हजार ५०० तथा ठूलो मादल रु पाँच हजार ५०० सम्ममा बिक्री हुन्छ । पुरानो मादलमा खरी हालेको रु ६५० देखि रु एक हजार ५०० सम्म लाग्ने उहाँले बताउनुभयो । काठबाहेक छालासहित मर्मत गर्दा रु एक हजार ५०० देखि रु पाँच हजार ५०० सम्म खर्च लाग्ने नेपाली बताउनुहुन्छ । एक दिनमा दुई मादल बनाउन सकिने र खरी तयार भएमा ६ वटासम्म मादलमा खरी भर्न सकिने नेपालीले बताउनुभयो । अन्य पेशाभन्दा उहाँलाई अहिले यही पेशा सजिलो भएको छ ।

बुबाबाट मादल बनाउने काम सिकेको नेपालीले बताउनुभयो । “हातमा भएको सीप यही हो, यसैमा रमाएको छु”, उहाँले भन्नुभयो, “हातमा सीप भए बेरोजगार भएर बस्नु पर्दैन रहेछ । यही पेशाको आम्दानीबाट छोरा, छोरीलाई पढाउनेदेखि घर खर्च सबै चलाउँदै आएको छु ।” रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  २ : ४५ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री