२०८३, २५ आश्विन सोमबार

मादल बनाएर गुजारा चलाउदै रामप्रसाद

मादल बनाएर गुजारा चलाउदै रामप्रसाद


कावासोती, ९ कात्तिक नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ ।

मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षदेखि मादल बनाउँदै आउनुभएका उहाँको गुजार यही पेशाबाट चल्दै आएको छ । मादल बनाएर वार्षिकरुपमा नेपालीले रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “मादलको माग अत्यधिक छ,” उहाँले भन्नुभयो । चाडपर्वमा उहाँलाई मादल बनाउन भ्याइनभ्याई छ । अन्य समयमा भने काम कम मात्रमा आउने गरेको छ ।

“मादलका लागि प्रयोग हुने काठको अभाव छ,” नेपालीले भन्नुभयो । काठ गोर्खाबाट मगाउने गरेको उहाँको भनाइ छ । खिर्रो, मौवा, थमरी, सल्ला, साल, सिसौ र सिमलको काठबाट मादलको ढुङ्ग्रो बनाइन्छ । साल र सिसौभन्दा खिर्रो, मौवा, थमरी र सल्लाको काठ मादलका लागि राम्रो मानिन्न्छ । मादल बनाउन काठ, छाला र खरी आवश्यक पर्छ ।

सानो मादल रु एक हजार ५०० तथा ठूलो मादल रु पाँच हजार ५०० सम्ममा बिक्री हुन्छ । पुरानो मादलमा खरी हालेको रु ६५० देखि रु एक हजार ५०० सम्म लाग्ने उहाँले बताउनुभयो । काठबाहेक छालासहित मर्मत गर्दा रु एक हजार ५०० देखि रु पाँच हजार ५०० सम्म खर्च लाग्ने नेपाली बताउनुहुन्छ । एक दिनमा दुई मादल बनाउन सकिने र खरी तयार भएमा ६ वटासम्म मादलमा खरी भर्न सकिने नेपालीले बताउनुभयो । अन्य पेशाभन्दा उहाँलाई अहिले यही पेशा सजिलो भएको छ ।

बुबाबाट मादल बनाउने काम सिकेको नेपालीले बताउनुभयो । “हातमा भएको सीप यही हो, यसैमा रमाएको छु”, उहाँले भन्नुभयो, “हातमा सीप भए बेरोजगार भएर बस्नु पर्दैन रहेछ । यही पेशाको आम्दानीबाट छोरा, छोरीलाई पढाउनेदेखि घर खर्च सबै चलाउँदै आएको छु ।” रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  २ : ४५ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम