२०८३, १८ आश्विन सोमबार

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा


ओखलढुङ्गा, ६ असोज : स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।

वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् ।

जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो ।

राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  १२ : १५ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम