२०८३, २५ आश्विन सोमबार

ओली र मेरो बीचमा मत भिन्नता छैन : नेता नेपाल

ओली र मेरो बीचमा मत भिन्नता छैन : नेता नेपाल


घोराही, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पार्नुभयो ।

“हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भन्नुभयो, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।” नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताउनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको कम्युनिष्टले प्राप्त गरेको जनताको मत विश्व इतिहासमा चर्चा र प्रशंसा हुने गरेको धारणा व्यक्त गर्नुभयो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनप्रतिनिधिले लिएको सुविधालाई ठूलो विषय नबनाउन आग्रह गर्नुभयो । “हिजोको विकास समितिसँग अहिलेको सरकारको तुलना हुन सक्दैन”, उहाँले भन्नुभयो, “हिजोको गाविस सचिवभन्दा अहिले वडाअध्यक्षको कामको दायरा फराकिलो छ ।”

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकीकरणपछि औपचारिकरुपमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्लादेखि वडास्तरका जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : ४६ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई