२०८२, २८ चैत्र आईतबार

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह


जनकपुरधाम, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताउनुभएको छ । दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान समारोहमा उहाँले भन्नुभयो, “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश सरकारले सङ्घीय सरकारको काममा भएको कमजोरीको निहुँमा उछिन्ने क्रियाकलापतर्फ लागेमा सङ्घीयता विरोधी तत्वले मौलाउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्नु हुँदैन भन्नुभयो । कुनै पनि अतिवाद, विखण्डनवादको पछि नलाग्न आग्रह गर्दै उहाँले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष दाहालले काठमाडौँको निर्माणमा पहाडका मान्छेले मात्र नगरी मधेशीको पनि उलेख्य योगदान रहेको बताउँदै राष्ट्रिय एकताले नै मधेशी जनताको पहिचान स्थापित हुन सक्छ भन्नुभयो । उपयुक्त समयमा सविधान संशोधन गरी मधेशीको सम्मान, अधिकारप्राप्तिको कार्य भइरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “प्रदेश नं २ को सुनको टुक्रा झैँ मानिएको सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिनेछ ।”

सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले प्रदेश र सङ्घीय सरकारले एकअर्कालाई गाली होइन, पूरक भई कार्य सञ्चालन गर्नु अहिलेको आवश्यकता हो भन्दै शत्रुका रूपमा रहेको गरीबी, पछौटेपन, विभेद, उत्पीडनविरूद्ध दुवै सरकारले मिलेर परास्त गर्नुपर्ने खाँचो औँल्याउनुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकार सम्पूर्ण कुरा सिंहदरबारभित्र नै सीमित राखेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश प्रहरी ऐन ल्याउँदा पनि अन्यमनस्कको अवस्थामा रहेको बताउनुभयो ।

सङ्घीय शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यक्तिअनुसार होइन, पद्धतिअनुसार कार्यसम्पादन गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठले वर्तमान सरकार मधेशमैत्री सरकार भएको उल्लेख गर्दै सुनकोशी–कमला सिँचाइ परियोजनाको शिलान्यास छिट्टै हुन गइरहेको जानकारी दिनुभयो ।

प्रदेश नं २ प्रदेशसभा नेपाली काङ्गेस संसदीय दलका नेता रामसरोज यादवले सपनाको कुरा होइन, सपनालाई साकार तुल्याउने कार्यतर्फ ध्यान जानु जरूरी छ भन्नुभयो । नेकपा प्रदेश नं २ का संयोजक प्रभु साहको अध्यक्षतामा भएको सो समारोहमा इञ्चार्ज सत्यनारायण मण्डल र सांसद जुली महतोले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक तुल्याउने भूमिकामाथि जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : ३६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४