२०८२, १८ भाद्र बुधबार

खोर्सानी खादा हुने फाईदा र बेफाइदा

खोर्सानी खादा हुने फाईदा र बेफाइदा


खोर्सानीलाइ हामि विभिन्न परिकार लगायत अचार पनि बनाएर खान्छौ। यसको प्रयोग सबैले आफ्नो स्वाद अनुसार गर्छौ । प्राय हामि स्वादको लागि खान्छौ तर यसमा थुप्रै किसिमको फाइदा रहेको हुन्छ,जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ। रातो खोर्सानिले ग्यास्ट्रिकलाइ केहि हद सम्म कम गर्न मदत गर्छ । पिरोले शरीरलाई न्यानो बनाउँन मदत गर्दछ र साथै तौल पनि घटाउन मदत गर्दछ। तर विज्ञहरुले चिल्लो,पिरो नखान सल्हा दिदै आएका छन । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । जुनै कुरापनि अत्याधिक मात्रामा प्रयोग गरेमा त्यसले हानि गर्छनै त्यसैले खोर्सानी पनि एकदमै बढी मात्रामा खादा पेटमा विभिन्न असर पर्छ । खोर्सानीका फाईदा

तौल घटाउँछ : खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

कन्जस्टेसनबाट बचाउँछ : पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ ।

चिसोबाट बचाउँछ : खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ ।

क्यान्सरसँग लड्ने क्षमता : सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो ।

खाना पचाउन सहयोग गर्छ : खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ ।

खोर्सानीका बेफाइदा

हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुँदैन । निश्चित परिणाममा भन्दा बढी खानु हुँदैन । आवश्यकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाहा्रे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।

ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अपनाउनुपर्छ ।

पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन । त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ०४ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना