२०८२, १६ चैत्र मंगलबार

प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे माग गर्दै काठमाडौँमा प्रर्दशन

प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे माग गर्दै काठमाडौँमा प्रर्दशन


काठमाडौँ, १४ असोज: प्रदेश नं. ३ को नाम नेवा–ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आज काठमाडौँमा प्रर्दशन भएको छ । नेवा–ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलमा सो प्रदर्शन भएको हो । प्रदेश नं ३ नेवा र तामाङको थातथलो तथा बाहुल्यता रहेकाले सोही अनुसार नामकरण हुनुपर्ने माग राख्दै समितिले शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

यसबाट द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने विश्वास समितिको छ । प्रशासनिक सुगमता, जनताको सहज पहुँच, केन्द्रीय राजधानीको सामिप्यता, भौतिक पूर्वाधारको अवस्था, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सडक राजमार्गसँगको सम्बन्ध र विकासको सम्भाव्यताका आधारमा प्रदेश नं. ३ को राजधानी धुलिखेल, बनेपा र पनैती नगरपालिकालाई मिलाएर काभ्रेमा राख्न उपयुक्त हुने माग समितिको छ । प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका केन्द्रीय सदस्य परशुराम तामाङले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १४ आश्विन आईतबार  १० : ०० बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक