२०८२, २१ कार्तिक बिहीबार

दशैं मनाउने रहर शोकमा बदलिएपछि !

दशैं मनाउने रहर शोकमा बदलिएपछि !


देघोराही, दाङ, असोज १४:  वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे ।

दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे ।माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरण्को मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन । निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो तर उनीहरु फर्केनन् । केहीबेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो ।

दशैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटनालगत्तै बेहोस भएका शिवचरण र उहाँकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १४ आश्विन आईतबार  ६ : ३६ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर