२०८२, २१ कार्तिक बिहीबार

अवरुद्ध बेंसीशहर–चामे सडकखण्ड आधा महीना बितिसक्दा पनि अझै खुलेन

अवरुद्ध बेंसीशहर–चामे सडकखण्ड आधा महीना बितिसक्दा पनि अझै खुलेन


बेंसीशहर, १३ असोज : हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन । गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो । लमजुङ खण्डका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि १८ दिनयता सडक अवरुद्ध भएको छ ।

लमजुङ खण्डको २५ किलोमिटर सडक अवरुद्ध भएकामा हाल बेंसीशहरदेखि मनाङतर्फ मस्र्याङ्दी गाउँपालिका–३, अर्खलेबेंशीसम्म र मनाङबाट लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका–४ रामबजारसम्मको बाटोमा यातायात सञ्चालन भएको छ । सडकखण्ड अवरुद्ध हुँदा मनाङ साथै उत्तरी भेगका घेर्मु, ताघ्रीङलगायतका स्थानीय बासिन्दाले समस्या भोग्नुपरेको छ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सडक नखुल्दा घेर्मु, ताघ्रीङ साथै मनाङतर्फ खाद्यान्नलगायत ढुवानी ठप्प भएको बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–४ का वडा अध्यक्ष सुमन गुरुङले चाडपर्व नजिकै आउँदा बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको बताउनुभयो । “चाडपर्वका बेला सामान बोकेर ल्याउनुपरेको छ । पुरानो बाटो घुमाउरो छ, गाउँमा सडक आएपछि पुरानो बाटोबाट कोही हिँड्दैनन्”, उहाँले भन्नुभयो । अवरुद्ध सडक खोल्न विष्फोटक पदार्थ आवश्यक पर्ने भएकाले जेनेरेटरसहित कम्प्रेसर मेशिन व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले बताउनुभयो । “बाटो खुलाउन हामी अहोरात्र खटिएका छौँ”, उहाँले भन्नुभयो, “हामी छिट्टै अवरुद्ध सडक खुलाउछौँ ।” सडक डिभिजन कार्यालय दमौलीको सहयोगमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइ सकिएको छ ।

माथिल्लो क्षेत्रमा बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको मेशिन प्रयोग गरी रामबजारबाट घोप्टेभिर अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । चट्टान विष्फोटन गराउनका लागि नेपाली सेना, नेपाल प्रहरी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका छन् । बाढी पहिरोपछि बेंशीशहर–चामे सडकखण्डमा चल्ने मालवाहक ट्रक, जीप र ट्र्याक्टर बीच बाटोमै रोकिएका छन् । बेंशीशहरतर्फको अर्खलेभिर र मनाङतर्फको घोप्टेभिरका बीचमा पर्ने काभ्रेभिरमा सवारी साधन रोकिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ९ : २८ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर