२०८२, २२ जेष्ठ बिहीबार

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार


काठमाडौँ, ११ असोज :सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक बजारमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीको दरलाई न्यूनीकरण गर्न छलफल शुरु गरिएको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी उपलब्ध गराउन सरोकारवालासँगको छलफललाई तीव्रता दिनुभएको छ । श्रममन्त्री विष्टले आज सूचना प्रविधिका क्षेत्रमा रोजगारीको बृहत् सम्भाव्यताबारे कम्प्युटर एसोशियसन नेपाल (क्यान) महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभयो ।

सो अवसरमा मन्त्री विष्टले सूचना प्रविधि (आइटी) का क्षेत्रमा रोजगारीको ठूलो सम्भावना रहेको बताउँदै आइटी क्षेत्रमा ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो । यस क्षेत्रबाट बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन सकिने उल्लेख गर्दै उहाँले सूचना प्रविधि क्षेत्रका रोजगारीलाई व्यवस्थित र मर्यादित बनाइनुपर्नेमा जोड दिनुभयो ।

आइटी क्षेत्रले प्रदान गर्नसक्ने रोजगारीका अवसरका बारेमा खुला छलफल गर्न सुझाव दिँदै मन्त्री विष्टले छलफलका क्रममा प्राप्त सुझाव सरकारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । प्राविधिक शिक्षाको अभावमा मानिस अब निरक्षर बराबर हुने उल्लेख गर्दै उहाँले विद्यालय तहमा कम्प्युटर शिक्षालाई अनिवार्य विषयका रुपमा लैजान आफूले पहल गर्ने बताउनुभयो ।

क्यान महासङ्घले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानको प्रशंसा गर्दै उहाँले सरकारी कार्यालयलको दस्तावेजलाई ‘डिजिटलाइज्ड’ गर्नसके हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना हुने बताउनभुयो । क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिका क्षेत्रमा रोजगारीको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको योजना सफल बनाउन महासङ्घको भरपुर सहयोग रहने बताउनुभयो ।

विद्यालय तहमा कम्प्युटर शिक्षालाई अनिवार्य विषयका रुपमा लैजानसके केही हदसम्म रोजगारीको अवसर सिर्जना हुने उहाँको भनाइ छ । सूचना प्रविधिका क्षेत्रमा करीब छ प्रतिशत महिला सहभागी रहेको क्यान महासङ्घले जनाएको छ । मन्त्री विष्टले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सन्दर्भमा यसअघि मन्त्रालयका सहसचिव एवं विभिन्न महाशाखाका प्रमुखसँग छलफल गरिसक्नुभएको छ । यस्तै सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसँग आन्तरिक बजारमा रोजगारीको अवसर, सम्भावना र चुनौतीका विषयमा छुट्टाछुट्टै छलफल गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय योजना आयोगका पदाधिकारी, पूर्वपदाधिकारी, विभिन्न मन्त्रालयका सचिव, पूर्वसचिवलगायत सरोकारवाला पक्षसँग रोजगारीको सम्भावनाका बारेमा विस्तृतमा छलफल गर्ने तयारी गरिएको छ ।”
-रासस

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ९ : १७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक