२०८३, ३१ भाद्र बिहीबार

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान


लमही, १० असोज :  दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो ।

कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर बिकले बताउनुभयो । विद्यालयमा सुनपथरी नाका, सुकैया नाका, खिड्की नाका, सिमगजमरी र भैसाही नाकाबाट विद्यार्थीहरु पढ्न आउने गर्छन् ।

सडक, विद्युत् र सञ्चारको पहुँचदेखि टाढा रहेको उक्त विद्यालयमा कम्प्युटर शिक्षामा टेवा पुग्ने उद्देश्यले कम्प्युटर वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । यातायात समस्या भएकाले खरिद गरिएको सामान विद्यालयसम्म पु¥याउन बाँकेको राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका हुँदै भारतको भिन्नगा, सिरसिया हुँदै भैसाही नाकाबाट ढुवानी गर्नु परेको थियो ।

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  १ : ४० बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक