२०८२, २१ कार्तिक बिहीबार

मलेसियामा ४७ नेपाली पक्राउ

मलेसियामा ४७ नेपाली पक्राउ


काठमाडौँ, १० असोज: मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो । मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा अवैधानिक भएर बसेका आप्रवासी श्रमिकलाई आ –आफ्नो देश फर्कन आह्वान गरेको थियो । त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर बस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।

मलेसियका कार्यवहाक राजदूत कुमार खरेलले अवैधानिक भएर बसेकालाई दूतावासमार्फत पटक पटक सूचना गर्दागर्दै नेपाली श्रमिकले आममाफीमा भाग नलिएको जानकारी दिए । मलेसिया सरकारले आह्वान गरेको तीन महिने आममाफी कार्यक्रममा झण्डै २५ हजार नेपाली श्रमिकले फाइदा लिएको पनि उनले बताए । कार्यवहाक राजदुत खरेलका अनुसार मलेसिया सरकारको धरपकडमा पर्नेमा अधिकांश नेपाली श्रमिकमध्ये आफूले काम गर्न स्वीकृति लिएर आएको कम्पनी छोडेर अर्को कम्पनीमा जाने रहेको र केही मात्रै करार अवधि सकिएका छन् ।

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  ७ : ३४ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर