२०८३, २९ श्रावण शनिबार

यी हुन् संसारका विचित्रका सात स्मारकहरु( हेर्नुहोस  फोटो फिचर)

यी हुन् संसारका विचित्रका सात स्मारकहरु( हेर्नुहोस  फोटो फिचर)


काठमाडौँ । संसारभरी नै कुनै व्यक्ति वा घटनाको सम्झनामा स्मारक निर्माण गर्ने गरिन्छ । अधिकांश स्मारकहरु सामान्य हुन्छन् । तर संसारमा यस्ता स्मारकहरु पनि छन् जुन हेर्दा अनौठो लाग्छ, कुनै भने हाँसो लाग्ने खालका पनि हुन्छन् । ।

१ ला पोउन्स( फ्रान्स) यो ला पोउन्स नामक ४० फिटको बुढि औँलाको स्मारक फ्रान्सको पेरिसस्थित व्यस्त व्यवसायिक क्षेत्रमा निर्माण गरिएको छ । यो स्मारक सिजर बाल्डासिनीले बनाएका हुन् । यसलाई संसारकै विचित्रको स्मारकको रुपमा लिइन्छ । यो मुर्तिकार बाल्डासिनीको आफ्नै बुढि औँलाको प्रतिमुर्ति हो । १९६५ मा बनेको यो स्मारक हालसम्म पनि सोही स्थानमा संरक्षित छ । यो के का लागि बनाइयो भन्ने सत्य थाहा नहुनु अर्को विचित्रको कुरा हो ।

२ झुण्डिएको मुर्ति  (चेक रिपब्लिक) यो स्मारक हेर्दा कुनै मानिसले आत्महत्या गर्न लागेको जस्तो देखिन्छ, तर वास्तवमा यो एक हातले समाएर झुण्डिएको एक मानिसको पीतलको मुर्ति हो । जुन चेक रिपब्लिकको प्राग सहरमा अवस्थित छ । यो मुर्ति अष्ट्रियन न्युरोलोजिष्ट सिगमण्ड प्रायडको स्मारकको रुपमा लिइन्छ । यसलाई विवादित मुर्तिकार डेभिड सर्नीले बनाएका हुन् । यो स्मारक हेर्दा विचित्रको देखिएपनि यसको संदेश भने निकै महत्वपूर्ण छ । यसले कम्युनिज्मका कारण क्षत विक्षत भएका देशमा कम्युनिज्मको पतनलाई संकेत गरेको छ ।

३ डि भार्टकापोयन (बेल्जियम)यो मुर्तिकार टोम फ्रान्टजेनले बनाएको निकै विचित्रको स्मारक हो । यो बेल्जियमको ब्रसेल्समा अवस्थित छ । यो मुर्तिमा एक प्रहरीलाई ढलबाट निस्किएको मानिसले खुट्टामा समाएर लडाउन खोजेको देखाइएको छ । यो १९८५ मा निर्माण गरिएको हो ।

 

४ जमिनबाट निस्किएको हिप्पो (ताइवान) यो स्मारक ताइवानको ताइपाई सहरमा अवस्थित छ । यसमा जमिनबाट पानीमा बस्ने हिप्पो पोटामस तैरिरहेको देखाइएको छ ।

५ महिलाको ह्याण्डब्याग यो अजिबको स्मारक, मनोरञ्जनात्मक स्मारक सर्वप्रथम इटालीमा आयोजना गरिएको एक प्रदर्शनीमा ‘Thoughts. Space. A dialogue between nature and imagination.’  भन्ने शिर्षकमा राखिएको थियो ।

६ यात्रीहरु (फ्रान्स) यो मूर्तिकला एक पूर्ण श्रृंखला हो । जुन केवल फ्रान्सको मार्सलस्थित सडकको आसपास मात्रै नभई धेरै आधुनिक कला प्रदर्शनीहरुमा पनि प्रदर्शन गरिइसकेको छ ।

७ अज्ञात कर्मचारी (आइसल्याण्ड) यो ‘ग्लपलयधल द्यगचभबगअचबत अज्ञात कर्मचारी लाई आइसल्याण्डका मुर्तिकार म्याग्नस टोमासनले १९९४ मा बनाएका हुन् । यो सम्भवत सहरको सबै भन्दा महत्वपूर्ण र सबैको ध्यान खिच्ने मनोरञ्जनात्मक मूर्तिकला हो । जुन निकै उल्लेखनीय छ । यसबाट धेरै विवरणहरु लिन सकिन्छ ।

– एजेन्सी

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  ७ : ०८ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका