२०८२, १६ चैत्र मंगलबार

ठेउलाले सताउला, कसरी जोगिने ?

ठेउलाले सताउला, कसरी जोगिने ?


काठमाडौँ, ९ असोज  :  गर्मी दिनहुँ बढ्दो छ । यससँगै विभिन्न संक्रमित रोगको पनि भय वढेर गएको छ । खासगरी गर्मीमा दादुरा र ठेउलाको संक्रमण बढी देखिने गरिएको छ । विगतमा गर्मी याम सुरु भएसँगै तराई क्षेत्रमा ठेउलाको प्रकोप फैलने गरेको थियो ।

खासगरी ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, बृद्धबृद्धालाई समेत यसले छाड्दैन ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार ठेउला वेरीसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ, जो गर्मी याममा बढी सक्रिय हुने गर्दछ । यसले ८ वर्षदेखि १५ बर्ष उमेर समूहमा बढी आक्रमण गर्छ ।
परिवारको एउटा सदस्यमा ठेउला देखिनसाथ अर्कोमा त्यो सर्ने संभावना अधिक रहन्छ । त्यसैले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्नेछ ।

चिकित्सक पुनका अनुसार अहिले नेपालमा ठेउलाको संक्रमण बढिरहेको छ ।

कसरी थाहा पाउने ?

टाउको तथा जीउ दुख्ने, ज्वरो आउने, खानामा अरुची हुने, घाँटी सुख्खा हुने, खोकी लाग्ने र कमजोरी महसुष हुने लक्षण देखापर्‍यो भने, सोच्नुहोस् ठेउलाको संकेत हो । यस्तो लक्षण देखिए लगत्तै अनुहार तथा छाला खस्रो हुन्छ । क्रमस त्यो पानी फोका जस्तै बन्छ ।

ठेउला आउनुअघि खुट्टा, जीउमा पीडा हुन्छ । हल्का ज्वरो आउँछ । खोकी लाग्छ, वान्ता पनि हुन्छ । यसरी रोगले संक्रमण गरेको २४ घण्टा नबित्दै पेट, ढाड, पिठ्यु, अनुहार जस्ता भागमा स(सानो रातो दाना देखापर्छ । यो क्रमस टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पुरै शरीरमा फैलन्छ ।

बच्चा, रोगी र गर्भवती जोगिनु पर्छ

ठेउलाको संभावित खतराबाट बालबालिका, गर्भवती, बृद्धबृद्धा बढी सर्तक रहनुपर्छ । किनभने यसको संक्रमण तिनै व्यक्तिहरुमा फैलन सक्छ, जसको रोगसँग लड्ने क्षमता कमजोर छ ।

ठेउलाको संक्रमण नवजात शिशुदेखि १२ बर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ । एक पटक यसको संक्रमण फैलिसकेको व्यक्तिमा भने दोस्रो पटक ठेउला आउने संभावना न्युन हुन्छ । यद्यपी ५० बर्ष उमेर पार गरेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा भने यसको संक्रमण दोहोरिन पनि सक्छ । सथै, दोस्रो पटकको संक्रमण अलि जटिल हुन्छ ।

दुई हप्तासम्म रहनसक्छ संक्रमण

ठेउलालाई हामी सामन्य रुपमा लिन्छौ । तर, समयमै उपचार भएन भने यसले गंभिर रुप लिन सक्छ । त्यसैले ठेउलाको पहिचान हुनसाथ एन्टिभाइरल औषधी सेवन गर्नुपर्छ । यसरी समयमै औषधी सेवन गरेको अवस्थामा यो रोग दुई हप्ताभित्रै निको हुन सक्छ ।

कुन अवस्थामा गंभीर ?
यदि ठेउलाको रोगीलाई ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मृगौला तथा कलेजको समस्या देखिएमा चिकित्सककहाँ पुर्‍याउनुपर्छ ।

कसरी बच्ने ?

यसको बचावका लागि बालबालिकामा विभिन्न खोप अनिवार्य छ। यसको खोप दुई डोजमा दिने गरिन्छ । यद्यपी नेपालमा भने यो खोपलाई सरकारको कार्यक्रममा राखेको पाइदैन ।

१ विरामीको हेरचाह यसरी गरौं

ठेउलाको बिरामीलाई अलग्गै कोठामा राखेर हेरचाह गर्नुपर्छ । उनीहरुलाई दिनहुँ कपडा फेरिदिनुपर्छ । चिल्लो खानेकुरा दिनु हुँदैन । खाना हल्का र चिसो भए उत्तम हुन्छ । उनीहरु कमजोर हुने भएकाले पोषिलो र सन्तुलित खानेकुरा दिनुपर्छ । दुध, दही, ताजा फलफूल उनीहरुको लागि उपयोगी हुन्छ ।

२ आर्युबेदिक उपचार

ठेउलाको संक्रमण शरीरुमा मोटाबोलिज्ममा हुने गडबढीले निम्त्याउँछ । यसको उपचार आर्युवेदिक विधीबाट पनि खोज्न सकिन्छ । नीमको ताजा पत्ता बिरामीको शरीरमा दल्ने, बेसार र पानी पिउन दिने । रोगीलाई तुलसीको पात चियाको रुपमा पिउन दिनुपर्छ ।

३ होमिपेथिक उपचार

रोगीलाई तीन दिनसम्मका लागि वैरियूलिनम तथा मेलेनड्रिनम औषधी दिनुपर्छ । यसले चिलाउने र ठेउला चाडै सुक्न मद्दत गर्छ । यसबाहेक चिकित्सकको सल्लाह अनुसार संक्रमित व्यक्तिलाई रसटाक्स, कालीम्यूर, सल्फर, एन्टीमटार्ट औषधी दिन सकिन्छ, सात दिनका लागि । यस अवधीमा चिल्लो अमिलो खानेकुरा खानु हुन्न । चिसो पेय भने पर्याप्त पिउनुपर्छ ।

के खाने ?
१ ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

२ किवी फल एकदमै लाभदायक हुन्छ । यसमा भिटामिन सि, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।

३ पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

४ सलाद, समुन्द्री परिकार सेवन गर्नु उपयोगी हुन्छ ।

के नखाने ?

१ डेरीबाट बनेको खानेकुरा सेवन गर्नु हुँदैन । डेरीबाट बनेका परिकारले शरीरमा युरिक एसिडको मात्रा बढाएर शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर तुल्याउँछ ।

२ मासुको प्रयोग पनि कम गरौं ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  २ : ५१ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक