२०८२, १६ मंसिर मंगलबार

‘महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने’ : ठाकुर

‘महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने’ : ठाकुर


हेटौँडा, ७ असोज महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न पत्रकारिताका माध्यमबाट राज्यलाई घचघच्यानुका साथै महिलाप्रतिको सकारात्मक सोचाइका लागि कलम चलाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय महिला आयोगले आज हेटौँडामा आयोजना गरेको वर्तमान सन्दर्भमा राष्ट्रिय महिला आयोगको भूमिका सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले महिला हिंसाका घटनालाई निरुत्साहित गर्न पत्रकारले जनमत सिर्जना गर्नु आवश्यक रहेकोे बताउनुभयो ।

सो अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले संविधानअनुसार महिला आयोग गठनपछि आफ्नो क्रियाकलाप अघि बढाउने क्रममा महिला हिंसामा न्याय दिलाउन राज्यलाई निर्देशन गर्ने, महिला सशक्तीकरणका लागि आर्थिकरूपमा सबल बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले महिलाहिंसाविरुद्ध राज्यले ठोस कदम चाल्नुपर्ने बताउँँदै महिला सशक्तीकरणका लागि आयोगले प्रभावकारी कदम चाल्नुपर्दछ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ८ : ५९ बजे

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज