२०८२, ३१ भाद्र मंगलबार

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी


काठमाडौँ, ६ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

उहाँले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व हो भन्नुभयो ।

उहाँले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्यादित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको भन्दै उहाँले गलत सूचना नजाओस् भनेर निरन्तर सजगता अपनाउनु पत्रकारिता क्षेत्रको पेशागत दायित्वसमेत रहेको र त्यसले पेशाको मर्यादा र सम्मानसमेत गर्ने उल्लेख गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लामो समयदेखि नागरिक स्वतन्त्रताका निम्ति लडेका र लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा लागिरहेका पार्टी र सोही पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रेस स्वतन्त्रता हनन हुन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सधैँ शङ्का मात्रै गर्ने हो भने त्यसको कुनै औषधि हुँदैन ।

अप्ठ्यारो केही विषयमा परेको भए त्यसलाई सच्याउन हामी तयार छौँ । नागरिक स्वतन्त्रताको पक्षमा लडेको दल र त्यसको नेतृत्व सरकारमा रहेकाले त्यसबाट प्रेस स्वतन्त्रता हनन हुन्छ र गर्छ भनेर ठान्नु नै गलत हुन्छ ।” चिन्ता गर्नेभन्दा पनि चिन्तन गर्न आग्रह गर्दै उहाँले कानूनी प्रावधानका विषयमा उठेका विषयलाई स्वभाविकरुपमा सम्बोधन गरिने र त्यसलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँखाने कथा जस्तो बह्मा, विष्णु, महेश्वर भने जस्तो पत्रकारिता क्षेत्र हुनु हुँदैन । त्यो पनि नियमनमा बस्नुपर्छ । व्यक्तिगत स्वतन्त्रता पनि हुन्छ । त्यसलाई ख्याल गर्नुपर्छ ।”

पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पत्रकार आफँैले पनि सच्चिनुपर्ने र आफैँतिर हेर्नुपर्नेमा मन्त्री बाँस्कोटाको जोड थियो । सरकारले शुक्रबारदेखि अश्लील वेबसाइट बन्द गरेको विषयमा समेत आफूलाई जोडेर नकारात्मक टिप्पणी गरिएको उहाँले आपत्ति प्रकट गर्नुभयो ।

“नेपालको आफ्नै मौलिक सद्भाव, मान्यता र परम्परा रहेको छ । संसारमा कुनै पनि देश र समुदायमा अश्लीलतालाई स्वीकार गरिँदैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले शुक्रबार अश्लील वेबसाइट बन्द गर्न निर्देशन दियौँ । तर मलाई नै लक्षित गरेर तानासाको सरकार यस्तै हुन्छ, अब के पो गर्न बाँकी रह्यो र भन्ने जस्ता टिप्पणी गरियो । योभन्दा विकृत मानसिकताको उपज अरु केही हुन सक्छ ? ”

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  १० : ३८ बजे

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

काठमाडौं। धरानका मेयर हर्क साम्पाङ पछिल्ला दिनहरूमा राजधानी काठमाडौंमा प्रधानमन्त्रीसँग

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग

काठमाडौं। नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत