२०८२, १६ चैत्र मंगलबार

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग


काठमाडौँ, ६ असोज : शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गर्नुभयो । विश्वमा शान्तिको सन्देश प्रवाह गर्नुहुने बुद्धलाई ब्रह्माण्डकै ज्योति घोषणा गरिनुपर्ने कार्यक्रमका वक्ताले जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वराजदूत एवं परराष्ट्रविद् विष्णुहरि ‘नेपालले विश्व शान्ति स्थापनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि बहस गर्नुहुँदै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वमन्त्री चन्द्रदेव जोशी, कृष्णराज वर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, पत्रकार रामकृष्ण कर्माचार्य, डा शास्त्रदत्त पन्त, समाजका अध्यक्ष प्रा डा खेम बन्धु कोइराला लगायतले विश्व शान्ति सबैको चाहना हुने भएकाले व्यवहारमा नै त्यसअनुरुप काम गर्न आह्वान गर्नुभयो ।

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घकोे महासभाले आह्वान गरेअनुरुप सन् १९८२ देखि दिवस विश्वभर मनाउन शुरु गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘दिगो विकासका लक्ष्य ः शान्ति मुलभूत आधार’ भन्ने छ । संसारका अधिकांश मुलुकका जनतामा शान्तिको कामनासहित प्रारम्भ भएको दिवस नेपालमा भने विसं २०६५ देखि मनाउन थालिएको हो ।

युद्ध, हिंसा, हुलदङ्गा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र रहन पाउनु नै शान्तिको अधिकार हो । अहिले शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्ग बनेको छ । यसलाई नै आधार मानेर संयुक्त राष्ट्रसङ्घले बेलाबेलामा शान्ति र विश्वमा भइरहेका हिंसात्मक गतिविधिलगायत अधिकारलाई जोडेर घोषणापत्रसमेत जारी गर्दै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ११ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक