२०८२, १५ माघ बिहीबार

प्रधानमन्त्री अमेरिका जाँदै महासभामा सम्बोधन गर्ने, ट्रम्पसँग भोजन र संबाद हुने

प्रधानमन्त्री अमेरिका जाँदै महासभामा सम्बोधन गर्ने, ट्रम्पसँग भोजन र संबाद हुने


काठमाडौं, असोज ६ :  प्रधानमन्त्री केपी शर्मा ओली शनिकार अमेरिका भ्रमणमा जाँदैछ । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन।

१३ दिनसम्म चल्ने उहाँको विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुनेछ । सो क्रममा प्रम ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत संक्षिप्त कुराकानी हुने जनाइएको छ ।

मंगलबारबाट सुरु हुने महासभाको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ विषयक उक्त महासभामा प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्ने भएका छन् ।

प्रम ओलीले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । महान् अफ्रिकी नेता मण्डेलाको सम्मानमा प्रम ओलीले जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । सोही दिन अमेरिकी राष्ट्रपति ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली समेत सहभागी हुने बताइएको छ । सो क्रममा ओलीले ट्रम्पले आयोजना गर्ने भोजमा सरीक हुने कार्यक्रम रहेको छ

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीको आजबाट हुने अमेरिका भ्रमणका बारेमा समेत छलफल भएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम यसअघि नै स्वीकृत भएको थियो । संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएपछि उहाँ त्यहीबाट मध्य अमेरिकी मुलुक कोष्टारिका जाने भएका छन् ।

भ्रमणकै सिलसिलामा प्रधानमन्त्री ओलीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ८ : ५५ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला