२०८२, २५ मंसिर बिहीबार

प्रधानमन्त्रीलाई भाजपा नेताको चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

प्रधानमन्त्रीलाई भाजपा नेताको चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’


काठमाडौं, असोज ६: भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै विवादास्पद विज्ञप्ति सार्वजनिक गरेको छ ।

हिन्दी र अग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बंगालको विमान दुर्घटना भई ४९ जना यात्रु मरिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ ।

जौलीले जारी गरेको विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ बर्ष बितिसक्दा एकपटक पनि मर्मत नभएको कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँदा पनि नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको आरोपसमेत लगाइएको छ ।

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ६ : २७ बजे

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र